Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • माओवादी केन्द्र नै देशको पहिलो पार्टी हो : वर्षमान पुन

    माओवादी केन्द्र नै देशको पहिलो पार्टी हो : वर्षमान पुन

    अनलाइन नेपाल
  • आइतबार, ३० भाद्र २०८१
  • 423
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी नै देशको पहिलो पार्टी भएको दाबी गरेका छन्।

    पोस्टबहादुर बोगटी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपमहासचिव पुनले यस्तो बताएका हुन्।



    उनले एजेन्डा र विचारको हिसाबले माओवादी नै देशको पहिलो पार्टी भएको भन्दै अहिले जनतामा माओवादीको ग्राफ बढिरहेको दाबी गरे।



    उपमहासचिव पुनले भने, ‘एकथरि मान्छेले ८४को निर्वाचनलाई लिएर संख्या गनिरहेका छन्,हाम्रो साइज सानो हुन्छन् भनिरहेका छन् । माओवादीको ग्राफ बढिरहेको छ र कांग्रेस र एमालेजस्ता पूराना संसवादी विकृतिका डंगुर हुन् भनिरहेका छन् ।’

    उपमहासचिव पुनले माओवादीले २०८४ को निर्वाचनमा जित निकाल्ने बताए । उनले कांग्रेस र एमाले बिस्तारै कमजोर बन्दै गएको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार