Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • प्रधानमन्त्री ओलीले भने – साना डिजिटल कारोबार निःशुल्क गर्न छलफल गर्छु

    प्रधानमन्त्री ओलीले भने – साना डिजिटल कारोबार निःशुल्क गर्न छलफल गर्छु

    अनलाइन नेपाल
  • आइतबार, ३० भाद्र २०८१
  • 117
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्न पहल गर्ने बताएका छन् । आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् ।

    पछिल्लो समय मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने शुल्क अत्यधिक भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको उनको भनाई छ । प्रधानमन्त्री ओलीले यस विषयमा सम्बन्धित अधिकारीसँग छलफल गर्ने प्रतिबद्धता जनाए ।



    उनले फेसबुक पेजमा लेखेका छन्, ‘साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दैछु । तपाईंहरुका समस्या सरकारलाई यसरी नै जानकारी गराउनुहोला । हामीलाई सधैं झकझकाउनुहोस् । सरकारले त्यसतर्फ काम गर्दै जानेछ ।’



    हिजोआज मोबाइल बैंकिङ कारोबार गर्दा हरेक पटक ११ रुपैयाँभन्दा धेरै शुल्क लाग्ने गरेको छ । यसबाट साना डिजिटल कारोबारी मर्कामा परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार