Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • काठमाडौंलाई हेर्न लायक सहर बनाउछौँ : उपप्रधानमन्त्री प्रकाशमान

    काठमाडौंलाई हेर्न लायक सहर बनाउछौँ : उपप्रधानमन्त्री प्रकाशमान

    अनलाइन नेपाल
  • शनिबार, २९ भाद्र २०८१
  • 99
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकालाई बस्न लायक सहर बनाउन सरकार लागिपरेको बताएका छन् ।

    कीर्तिपुरमा आज आयोजित नेपाल ट्रेड युनियन कांग्रेसको काठमाडौं प्रथम जिल्ला परिषद्लाई सन्देश दिँदै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।



    उनले राजनीतिक स्थिरताका लागि देशका दुई प्रमुख दलको सहकार्यमा वर्तमान सरकार गठन भएको बताए ।



    कांग्रेस केन्द्रीय सदस्य एवं काठमाडौं क्षेत्र नं १० का प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसीले ट्रेड युनियन ध्यान अब मुलुकको स्रोत साधनलाई कसरी उच्चतम रुपमा उपयोग गर्ने र युवा शक्तिलाई देशकै श्रम बजारतर्फ कसरी अकर्षित गर्ने भन्नेमा जानुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार