Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • मैले भ्रष्टाचारविरुद्ध जीवनको अन्त्यसम्म लड्ने कसम खाएको छु : प्रचण्ड

    मैले भ्रष्टाचारविरुद्ध जीवनको अन्त्यसम्म लड्ने कसम खाएको छु : प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, २९ भाद्र २०८१
  • 111
    SHARES

    मोरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी एकताबद्ध भएर अगाडि बढे कसैले रोक्न नसक्ने बताएका छन् ।

    मोरङको ग्रामथानमामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले माओवादीको विद्रोहले ल्याएको व्यवस्थमा बसेर माओवादीलाई नै अपमानित गर्ने कार्य स्वीकार्य नहुने चेतावनी दिए।



    अध्यक्ष प्रचण्डले भने, ‘अहिले म जीवनको उत्तरार्धतिर छु। किन हो मलाई अलि बढी जोस आउन थालेको छ। मलाई जोस आएकै छ। भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा जीवनको अन्त्यसम्म लड्ने कसम खाएको छु। मलाई अरु केही गर्नु छैन।’

    विचौलिया र दलालहरु मिलेर संख्याको बलमा सत्यको गला रेट्ने काम भइरहेको बताए। अध्यक्ष प्रचण्डले जनताले दलाल र भ्रष्टहरुका विरुद्ध लाग्नुपर्ने समय आउने बताए।

    अध्यक्ष प्रचण्डले आगामी निर्वाचनपछि माओेवादी नयाँ ठाउँमा पुग्ने दाबी गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार