Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • नयाँ दलहरुलाई लक्षित गर्दै ओलीले भने – यी सबै खानकै लागि जन्मिएका खन्चुवा हुन् !

    नयाँ दलहरुलाई लक्षित गर्दै ओलीले भने – यी सबै खानकै लागि जन्मिएका खन्चुवा हुन् !

    अनलाइन नेपाल
  • शनिबार, २९ भाद्र २०८१
  • 357
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ राजनीतिक दलहरु खानकै लागि जन्मिएको बताएका छन् ।

    एमालेको जनसंगठन सुदृढीकरण राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।



    उनले अघिल्लो चुनावमा आफ्ना दलको भोट नयाँ पार्टीले खाएकोले २०८४ सालको चुनावमा सचेत रहन कार्यकर्ताहरूलाई निर्देशन दिए ।



    प्रधानमन्त्री ओलीले भने,‘हिजोका चुनावमा हाम्रो भोट कहाँ गयो त रु हुँदै नभएका पार्टीहरू जन्मिए, भाँडाको भात छैन खोइ भन्दा ती जन्मिएका खन्चुवाहरूले खाए होला नि । खान जन्मिएकाहरू छन् । अनि तिनका मुखमा गाँस चाहिँ कसरी पस्यो त रु त्यसकारण हामी होसियार हुनुपर्दछ, सक्रिय हुनुपर्दछ ।’

    उनले अहिले आन्दोलनकारी प्रवृत्ति एकदम घटेको बताउँदै जनताको बहुदलीय जनवादको सरकार भएको उल्लेख गरे ।

    प्रधानमन्त्री ओलीले बहुदलीय जनवाद कहिल्यै पुरानो नरहने उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार