Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • आज प्रधानमन्त्री ओलीसँग छलफल गर्दै सहकारी छानबिन विशेष समिति

    आज प्रधानमन्त्री ओलीसँग छलफल गर्दै सहकारी छानबिन विशेष समिति

    अनलाइन नेपाल
  • शनिबार, २९ भाद्र २०८१
  • 120
    SHARES

    काठमाडौं । सहकारी संस्थाका बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्दैछ ।

    शनिबार बेलुका ५ बजे सिंहदरबारमा समितिले प्रधानमन्त्री ओलीसँग सुझाव लिन र छलफल गर्न लागेको हो ।



    संसदीय छानबिन विशेष समिति प्रतिवेदनलाई अन्तिमरूप दिनेगरी छलफल अगाडि बढाएको छ।



    समितिले शुक्रबार गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी र आईजीपी वसन्त कुँवरसँग छलफल गर्दै सहकारीको रकम ठगेर विदेशमा फरार २८ जनाको खोजी कार्यको प्रगति विवरण लिखित रूपमा उपलब्ध गराउन निर्देशन दिएको थियो ।

    समितिले फरार व्यक्तिहरूको खोजबिन गर्न गत साउन १३ गते गरिएको निर्देशनको कार्यान्वयनबारे छलफल गरेको सभापति सूर्य थापाले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार