Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

    आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • शनिबार, २९ भाद्र २०८१
  • 261
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापसमा छ । देशभर मनसुनी वायुको प्रभावसँगै बंगालको खाडीको उत्तरपूर्वतर्फ रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

    जसको प्रभावले शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।



    भारी वर्षा हुने क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार