Online Nepal
  • आइतबार, २० असोज २०८१
  • हामीले जीबीलाई खोज्न दुईजना प्रहरी मलेसिया पठायौँ, त्यहाँ पनि फेला परेनन् : गृहमन्त्री

    हामीले जीबीलाई खोज्न दुईजना प्रहरी मलेसिया पठायौँ, त्यहाँ पनि फेला परेनन् : गृहमन्त्री

    अनलाइन नेपाल
  • शुक्रबार, २८ भाद्र २०८१
  • 297
    SHARES

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी प्रकरणमा फरार रहेका जीबी राई मलेसियामा नभेटिएको बताएका छन् ।

    सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको शुक्रबारको बैठकमा उनले जीबीलाई खोज्न नेपाल प्रहरीका दुई अधिकृत मलेसिया पुगे पनि प्रगति नभएको बताएका हुन् ।



    समितिले फरार रहेका व्यक्तिहरुको सूची उपलब्ध गराएर गृह मन्त्रालयलाई खोजीदिन आग्रह गरेको थियो । त्यही विषयमा शुक्रबार गृह मन्त्री लेखकलाई बोलाएर सोधेको थियो ।



    लेखकले फरारको सूचीमा रहेका जीबी राईको खोजीमा कुनै प्रगति हुन नसकेको बताएका थिए ।

    “दुईजना प्रहरी हामीले जीबी राई खोज्नका लागि मलेसिया पठायौँ तर त्यहाँ पनि फेला परेनन् । कुनै प्रगति हुन सकेन,” लेखकले बैठकमा भनेको स्रोतले बतायो ।

    गृहमन्त्री लेखक, गृह सचिव, र प्रहरी प्रमुखसहितलाई समितिको बैठकमा बोलाएर फरार व्यक्तिहरूको खोजविन गर्न साउन १३ गते गरिएको निर्देशन कार्यान्वयनबारे छलफल गरिएको समितिका सभापति सूर्य बहादुर थापाले जानकारी दिए ।

    विदेशमा फरार रहेका कूल २८ जनाको खोजी कार्यको प्रगति विवरण लिखित रूपमा अविलम्व उपलब्ध गराउन बैठकले निर्देशिन दिएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार