Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • नेपाल प्रिमियर लिग : मार्की प्लेयरहरुको नाम सार्वजनिक

    नेपाल प्रिमियर लिग : मार्की प्लेयरहरुको नाम सार्वजनिक

    अनलाइन नेपाल
  • शुक्रबार, २८ भाद्र २०८१
  • 252
    SHARES

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणका लागि मार्की प्लेयरहरुको नाम सार्वजनिक भएको छ।

    आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले आज आठ जना मार्की प्लेयरहरुको नाम सार्वजनिक गरेको हो ।



    मार्की प्लेयरमा राष्ट्रिय टीमका कप्तान रोहित पौडेल, पूर्वकप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, कुशल मल्ल, कुशल भुर्तेल र आसिफ शेख छन्।



    यी खेलाडीमा आबद्ध हुने टोली भने टुंगो लगाइएको छैन। एनपिएलमा विराटनगर, जनकपुर, काठमाडौं, चितवन, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमले भाग लिँदैछन्।

    अब आठ टोलीमा उल्लेखित खेलाडीमध्येबाट एक-एक जना आफ्नो टोलीमा आबद्ध गर्नेछन्। प्रतियोगिता मंसिर १६ देखि पुस ६ गतेसम्म हुने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार