Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • लिपुलेक कालापानी भारतको हो भनेपछि विवादमा मेटमणि, एसले सोध्यो स्पष्टीकरण

    लिपुलेक कालापानी भारतको हो भनेपछि विवादमा मेटमणि, एसले सोध्यो स्पष्टीकरण

    अनलाइन नेपाल
  • बिहिबार, २७ भाद्र २०८१
  • 726
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव मेटमणि चौधरीले लिपुलेक कालापानी भारतको हो भनेपछि विवादमा तानिएका छन् ।

    भदौ २५ गते प्राइम टीभीमा दिएको अन्तरवार्तामा चौधरीले लिपुलेक र कालापानीमा भारतको दाबी पुग्ने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिपछि उनी विवादमा तानिएका हुन् । एकीकृत समाजवादीले उपमहासचिव मेटमणि चौधरीलाई स्पष्टिकरण सोधेको छ ।



    महासचिव घनश्याम भूसालले चौधरीलाई स्पष्टीकरण सोध्दै लेखेको पत्रमा भनिएको छ, ‘अनेकौं तथ्यहरुले उक्त भूभाग नेपालको हो भन्ने कुरा स्पष्ट पारेका छन् । हाम्रो पार्टीको समेत दाबीका आधारमा उक्त भूभाग संविधानको अंग बनाइएको कुरा सर्वविदितै नै छ । त्यसविपरीत, मुलुकको अखण्डता र सार्वभौसमसत्ताका विरुद्ध तपाईंले किन बोल्नु भएको हो ?’



    चौधरीलाई ३ दिनभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिइएको छ । उनले अन्तरवार्तामा लिपुलेक र कालापानी भारतले दाबी गर्छ । भारतको दाबी पुग्छ, उसको दाबी पुग्छ ‘ जस्ता अभिव्यक्ति दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार