Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • संघीयतालाई मजबुत बनाउन संविधान संशोधन हुनुपर्छ : गगन थापा

    संघीयतालाई मजबुत बनाउन संविधान संशोधन हुनुपर्छ : गगन थापा

    अनलाइन नेपाल
  • बिहिबार, २७ भाद्र २०८१
  • 159
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान पुनरवलोकन गर्नुपर्ने बताएका छन् ।

    बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आायोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।



    उनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारले पनि सातबुँदे सहमतिमा संविधान संशोधनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै अझै सशक्त रूपमा संघीयतालाई मजबुत बनाउन संविधान संशोधन हुनुपर्ने बताए ।



    उनले लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्वलाई थप विस्तार आफूहरूले चाहेको बताए । विगतमा संविधान बनाउँदा भएका कमजोरी, राजनीतिक बाध्यता हटाएर सुदृढ रूपमा संशोधन र पुनरवलोकन हुने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार