Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • ओलीजीले सहमतिअनुसार दुई वर्षपछि कांग्रेसलाई सत्ता छोड्नुहुन्छ : सभापति देउवा

    ओलीजीले सहमतिअनुसार दुई वर्षपछि कांग्रेसलाई सत्ता छोड्नुहुन्छ : सभापति देउवा

    अनलाइन नेपाल
  • बिहिबार, २७ भाद्र २०८१
  • 204
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँगको सत्ता साझेदारीको सहमति कार्यान्वयन हुने बताएका छन्।

    पार्टी कार्यालय सानेपामा आयोजित कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुखहरूको सम्मान कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन्।



    सभापति देउवाले एमालेसँगको सहमतिअनुसार केपी शर्मा ओली दुई वर्ष प्रधानमन्त्री भएपछि कांग्रेसलाई छोड्ने लिखित सहमति भएको बताए ।



    सभापति देउवाले भने,‘हिजो माओवादीसँग मिल्दा पनि हाम्रा सबै साथी चिन्तित भएका थिए, डराएका थिए । अप्ठ्यारो मानेका थिए । साथीहरूको भावनाअनुसार यसपटक फेरि एमाले अध्यक्ष ओलीसँग कुरा गरेर सहमतिमा उहाँ दुई वर्ष प्रधानमन्त्री हुनुहुन्छ । त्यसपछि डेढ वर्ष कांग्रेसलाई छोड्ने समझदारी भएको छ । हामीबीच भएको सहमतिले देशभरका साथीहरू खुशी छन्।’

    दुई पार्टी मिल्दा अरु सिद्धिने भनेर चिन्ता नगर्न पनि पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले आग्रह गरे। सभापति देउवाले २ पार्टीको बिचमा भएको सहमतिले अरू दल सकिने हो कि भन्ने डर नपाल्न आग्रह गरे।

    आफू उमेर लगायत अनेक कारणले रिटार्डमेन्टको बेला पुगेको भन्दै उनले कांग्रेसलाई कता लाने अबको पुस्ताले चिन्ता गर्नुपर्ने उल्लेख गरे।

    उनले सरकारबाट पार्टी बाहिर रहे सकिन्छ भन्ने गुनासो आएपछि एमाले अध्यक्ष ओलीसँग मिलेर सरकार बनाएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार