काठमाडौँ । भक्तपुरको जंगलमा एक महिला मृत भेटिएकी छन् ।
सुर्यबिनायक नगरपालिका–४ स्थित गाम्चाबाट हराएकी ६० वर्षीया मिठु खत्री पौडेल चारखण्डीस्थित जंगलमा मृत अवस्थामा भेटिएकी हुन् ।
मंगलबार उनी हराएको भन्दै खोजतलास गरिदिन प्रहरीलाई आग्रह गरेका थिए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply