Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • तनहुँमा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते

    तनहुँमा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते

    अनलाइन नेपाल
  • बुधबार, २६ भाद्र २०८१
  • 237
    SHARES

    तनहुँ । मुग्लिङ-पोखरा सडक खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीमा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

    आबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा बस दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् ।



    नयाँ र पुरानो दुई वटा पुलको बीचबाट बस तल खहरेमा खोल्सामा खसेको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस दुर्घटना भएको हो ।



    बस सडकको बीच भागबाट खहरे खोलामा धसिन पुगेको छ ।

    घाइते मध्ये ९ जना सामान्य छन् भने २ को अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    दुर्घटनाको विस्तृत विवरण आउन बाँकी नै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार