Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • मैले चुनाव जिते रुस–युक्रेन युद्ध रोक्छु : डोनाल्ड ट्रम्प

    मैले चुनाव जिते रुस–युक्रेन युद्ध रोक्छु : डोनाल्ड ट्रम्प

    अनलाइन नेपाल
  • बुधबार, २६ भाद्र २०८१
  • 174
    SHARES

    काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध रोक्न दाबी गरेका छन् ।

    अमेरिकी राष्ट्रपति पदको उम्मेदवार रहेका ट्रम्पले उनकी प्रतिद्वन्द्वी कमला ह्यारिससँगको डिवेटमा यस्तो दाबी गरेका हुन् । ट्रम्पले आफू राष्ट्रपति भएको भए रुस–युक्रेनमा युद्ध नै नहुने बताए ।



    ह्यारिसले भने ट्रम्प राष्ट्रपति भएको भए रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अहिले युक्रेनको राजधानी किभमा बसिरहेको हुने थिए भन्दै टिप्पणी गरिन् ।



    ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचन भएमा रुस र युक्रेनसँग वार्ता गराई कार्यभार सम्हाल्नुअघि नै युद्ध रोक्नसक्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार