Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • साढे ४ लाख घुससहित जनकपुरधाम उपमहानगरका वडाअध्यक्ष पक्राउ

    साढे ४ लाख घुससहित जनकपुरधाम उपमहानगरका वडाअध्यक्ष पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २५ भाद्र २०८१
  • 210
    SHARES

    जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधाम उपमहानगरपालिका -२४ का वडाअध्यक्ष र सचिवसहित ३ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा वडाअध्यक्ष ५७ वर्षीय उपेन्द्र सहनी, वडा सचिव ५२ वर्षीय उपेन्द्र शाह र ४५ वर्षका कार्यालय सहयोगी विजय मण्डल रहेका छन् ।



    अख्तियारको केन्द्रीय कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त टोलीले उनीहरूलाई ४ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको हो।



    उनीहरू वडा कार्यालय परिसरबाटै पक्राउ गरिएको अख्तियारले जनाएको छ । वडाध्यक्ष र वडा सचिवले घरबाटो प्रमाणित गरिदिन उक्त घुस रकम मागेका थिए।

    घुस मागिरहेको सूचनाको आधारमा पछ्याउँदै जाँदा रंगेहात पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार