Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • राष्ट्रिय क्रिकेट टोलीको कन्सल्टेन्ट कोचमा जगत टमाटा नियुक्त

    राष्ट्रिय क्रिकेट टोलीको कन्सल्टेन्ट कोचमा जगत टमाटा नियुक्त

    अनलाइन नेपाल
  • मंगलबार, २५ भाद्र २०८१
  • 216
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्यानडा र अमेरिकामा हुने लिग २ को सिरिजका लागि जगत टमाटा कन्सल्टेन्ट कोच नियुक्त गरेको छ।

    क्यानले टमाटालाई यो टूरका लागि कन्सल्टेन्ट कोच नियक्त गरेको हो। दीर्घकालीन रुपमा सहायक प्रशिक्षकबारे पनि छलफल भइरेहेको क्यानले जनाएको छ ।



    लिग २ अन्तर्गत क्यानडा भ्रमणमा नेपालले पहिलो खेल सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्नेछ । त्यस्तै सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ ।



    लिग २ पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज पनि हुनेछ ।

    त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले २८ सेप्टेम्बर र १ अक्टोबरमा क्यानडासँग खेल्नेछ । २९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार