एजेन्सी । युईएफए नेसन्स लिगमा फ्रान्सले बेल्जियममाथि सहज जित निकालेको छ ।
स्टेडियममा डिडियर डेसच्याम्प्सको घरेलु टोलीले बेल्जियमलाई २–० गोल अन्तरले पराजित गरेको हो । फ्रान्सको जितमा कोलो मुआनी र ओस्मान डेम्बेलेले गोल गरे ।
कप्तान केलियन एमबाप्पेलाई दोस्रो हाफको मध्य तिर मैदानमा पठाइएको थियो। उनले दुई पटक राम्रो मौका पाए पनि गोल गर्न सकेनन्।
जितसँगै ३ अंक जोडेको फ्रान्स लिग ए समूह २ को दोस्रो स्थानमा उक्लिएको छ। आफ्नो पहिलो खेलमा इजरायललाई ३–१ ले पराजित गरेको बेल्जियम ३ अंक सहित तेस्रो स्थानमा छ। लिग ए समूह २ मा रहेको फ्रान्स पहिलो खेलमा इटलीसँग ३–१ ले पराजित भएको थियो ।
Leave a Reply