Online Nepal
  • बुधबार, १० पुष २०८१
  • पाँचथर बम विस्फोट : मृतकका परिवारलाई जनही ५ लाख दिने सरकारको निर्णय

    पाँचथर बम विस्फोट : मृतकका परिवारलाई जनही ५ लाख दिने सरकारको निर्णय

    घाइतेको उपचार निःशुल्क

    अनलाइन नेपाल
  • मंगलबार, २५ भाद्र २०८१
  • 435
    SHARES

    काठमाडौं । सरकारले पाँचथर बेवारिसे बम विस्फोटका घाइते दुई बालकको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।

    सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले फालेलुङ गाउँपालिका-५ डाँडागाउँमा युद्धकालको बेवारिसे बम विस्फोटमा घाइते भएका पवन राई र दिप्सन राईको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।



    पवन र दिप्सनको उपचार कीर्तिपुरस्थित बर्न अस्पतालमा भइरहेको छ । यस्तै मृतकका परिवारलाई जनही ५/५ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।



    डाँडागाउँमा यही भदौ १३ गते द्वन्द्वकालको ह्यान्डमेड सकेट बम विस्फोट हुँदा ११ वर्षीय दिप्सन सावा र अढाइ वर्षीया प्रिन्सा सावाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार