Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • अवरुद्ध काठमाडौं–मुग्लिङ सडक खण्ड दुईतर्फी सञ्चालनमा

    अवरुद्ध काठमाडौं–मुग्लिङ सडक खण्ड दुईतर्फी सञ्चालनमा

    अनलाइन नेपाल
  • मंगलबार, २५ भाद्र २०८१
  • 165
    SHARES

    काठमाडौं । काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा लेदोसहितको पहिरो खस्दा अवरूद्ध बनेको राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ।

    धादिङको धुनिबेँसी नगरपालिका-९ स्थित खत्रीपौवामा सोमबार साँझ ६ बजेतिर लेदोसहितको पहिरो खसेर अवरूद्ध भएको त्रिभुवन राजमार्ग मंगलबार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो ।



    लेदोसहितको पहिरो खस्दा झण्डै ७ घण्टा अवरुद्ध सडक गएराति देखि खुलेको प्रहरी प्रभाग नागढुङ्गाले जनाएको छ ।



    धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट लेदोसहितको पहिरो खसेको थियो । सडक अवरुद्ध हुँदा काठमाण्डौबाट छुटेका तथा भित्रिदै गरेकासाना ठूला सयौँ गाडी र यात्रु रोकिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार