Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • घरायसी विवादपछि झगडा हुँदा भाइले गरे दाइको हत्या

    घरायसी विवादपछि झगडा हुँदा भाइले गरे दाइको हत्या

    अनलाइन नेपाल
  • मंगलबार, २५ भाद्र २०८१
  • 318
    SHARES

    फाइल तस्विर

    डोटी । कोदालो प्रहार गरी सहोदर दाजुको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

    जिल्लाको जोरायल गाउँपालिका–६ डाँडागाउँ बस्ने ५५ वर्षीय नरबहादुर जोराले आफ्नै दाइको हत्या गरेको प्रहरीले जनाएको छ ।



    जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार आज नरबहादुरले टाउकोमा कोदालो प्रहार गरी ६५ वर्षीय दाई गणेशबहादुर जोराको हत्या गरेका हुन् ।



    घरायसी विवादपछि झगडा हुँदा भाइको कोदालो प्रहारबाट दाइको घटनास्थलमै मृत्यु भएको हो । नरबहादुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार