Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • वार्षिक कार्ययोजनाबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक

    वार्षिक कार्ययोजनाबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक

    अनलाइन नेपाल
  • सोमबार, २४ भाद्र २०८१
  • 132
    SHARES

    काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ ।

    बैठक आउँदो भदौ २८ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी आह्वान गरिएको हो । बैठक मध्याह्न १२ः३० बजेका लागि बोलाइएको छ ।



    बैठकमा समसामयिक विषय र पार्टीको वार्षिक कार्ययोजनाबारे छलफल हुनेछ । भदौ १८ र १९ गते बसेको पोलिट्ब्युरो बैठकले वार्षिक कार्ययोजनाबारे सुझाव दिएको थियो ।



    आएका सुझावहरू समेटेर कार्ययोजनाको अन्तिम टुंगो लगाउने जिम्मा पार्टी सचिवालयलाई दिइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार