Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • पत्रकार महासंघका अध्यक्ष पोखरेलले दिए राजीनामा

    पत्रकार महासंघका अध्यक्ष पोखरेलले दिए राजीनामा

    अनलाइन नेपाल
  • सोमबार, २४ भाद्र २०८१
  • 177
    SHARES

    काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका छन्।

    पत्रकार महासंघको निर्वाचन समयमा नै गर्न नसकेपछि पोखरेलले राजीनामा दिएका हुन्।



    गत चैतमा नै नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्लाको कार्यकाल सकिएको थियो।



    पत्रकार महासंघ केन्द्रले असोज ५ गतेका लागि नयाँ निर्वाचनको मिति तोकिएको छ।

    यस अगाडि जेठ २६ गतेका लागि निर्वाचन हुन नसकेपछि पुन: असार २२ गतेका लागि समय निर्धारण भएको थियो।

    तर मतदाता नामावलीमा देखिएको विवाद समाधान नहुँदा निर्वाचन हुन सकेको थिएन।

    आगामी असोज ५ गतेका लागि नयाँ निर्वाचन मिति तय भएपनि हालसम्म नयाँ मतदाता नामावली र कार्यतालिका सार्वजनिक भएको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार