Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • लुटपाट आरोपमा प्रहरी जवानसहित तीन जना पक्राउ

    लुटपाट आरोपमा प्रहरी जवानसहित तीन जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २३ भाद्र २०८१
  • 399
    SHARES

    काठमाडौं । दुबईबाट फर्किएकी महिलालाई लुटपाट गरेको आरोपमा प्रहरीले प्रहरी जवानसहित तीन जनालाई पक्राउ गरेको छ।

    उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।



    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा बूढानिलीकण्ठ बस्ने मनोज भुजेल, बौद्ध बस्ने प्रकाश भन्ने विकास श्रेष्ठ र महाराजगंज बस्ने डम्बरलाल पाध्याय छन् ।



    उपाध्याय नेपाल प्रहरीका प्रहरी जवान हुन्। उनी महाराजगन्जमा कार्यरत थिए।

    उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नै मोटरसाइकलमा पिछा गरेर ललितपुरस्थित कृषि अनुसन्धान केन्द्र नजिकै लुटपाट गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

    लुटपाटमा संलग्न चार जनामध्ये एक जना भने फरार छन् । लुटिएकी चलाउनेले दुबईबाट मणिकुमार राईको सामान ललितपुर ल्याएइदिएकी थिइन् ।

    ​ लुटेरा समूहले दुई वटा आइफोन, दुई वटा सामसुङ मोबाइल, एप्पलको ल्यापटप, गेम बक्स र चार तोला बराबरको दुई वटा सुनको सिक्री लुटपाट गरेका थिए ।

    साउन २९ मा आरोपीहरूले आईफोन–१४ दुई वटा, सामसुङ अल्ट्रा–२४ मोबाइल दुईवटा, एपल कम्पनीको ल्यापटप एउटा र गेम बक्स लुटेको जनाइएको छ ।

    विदेशबाट मणि कुमार राईले मगाएको ४ तोला बराबरको दुईथान सिक्री पनि उनीहरूले लुटेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार