Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • सुन्दरीजलमा महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ

    सुन्दरीजलमा महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २३ भाद्र २०८१
  • 237
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरीले सुन्दरीजलमा महिलाको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बसुन्धारा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा सर्लाही चक्रघट्टा गाउँपालिका-३ बस्ने ४० वर्षीय रामविनय महरा र बसगरिया गाउँपालिका-५ घर भई बसुन्धारा बस्ने २४ वर्षीय सन्तोष राम महरा रहेका छन् ।



    सुन्दरीजलस्थित ढुंगाको चेपभित्र शंकास्पद अवस्थामा बिहीबार एक महिलाको शव भेटिएको थियो । मृत भेटीएकी महिला सिराहाकी राम दुलारी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    मृतक महिलाको शव फेला परेपछि प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो।

    यद्यपि, हालसम्म उनका आफन्त भने सम्पर्कमा आएका छैनन् । हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार