Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • पहिरोले घर पुरियो : श्रीमान्-श्रीमती बेपत्ता, छोरीको उद्धार

    पहिरोले घर पुरियो : श्रीमान्-श्रीमती बेपत्ता, छोरीको उद्धार

    अनलाइन नेपाल
  • आइतबार, २३ भाद्र २०८१
  • 930
    SHARES

    फाइल तस्विर

    जाजरकोट । जाजरकोटमा पहिरोमा पुरिएर एकै श्रीमान् श्रीमती बेपत्ता भएका छन् ।

    बारेकोट गाउँपालिका ६ धुमा गाउँमा गएराति २ बजे पहिरोले घर पुरिँदा दुई जना पुरिएर बेपत्ता भएका हुन् ।



    प्रहरीका अनुसार बारेकोट ४ पल्लो धुमा गाउँमा राति २ बजे घर पुरिँदा मान बहादुर चलाउने र उनकी श्रीमती तथा वडा नं ६ की महिला वडा सदस्यसमेत रहेकी मायादेवी चलाउने पुरिएका छन् ।



    घटनास्थलबाट चलाउनेकी छोरी गम्भीर घाइते अवस्थामा उद्धार गरिएको तर २ जनाको शव निकाल्न नसकिएको बताइएको छ । जाजरकोट प्रहरीका अनुसार घटनास्थलमा प्रहरी टोली गइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार