Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • चौरपाटीमा गुणस्तरहीन मदिरा खोल्ने/नखोल्नेबारे निर्णय गर्न भोली सर्वदलीय बैठक बस्दै

    चौरपाटीमा गुणस्तरहीन मदिरा खोल्ने/नखोल्नेबारे निर्णय गर्न भोली सर्वदलीय बैठक बस्दै

    अनलाइन नेपाल
  • शनिबार, २२ भाद्र २०८१
  • 1.5K
    SHARES

    अछाम । अछामको चौरपाटी गाउँपालिकामा न्यून गुणस्तर भएका मदिरा खोल्ने/नखोल्नेबारे निर्णय गर्न आइतबार सर्वदलीय बैठक बस्ने भएको छ ।

    अघिल्लो सरकारले गाउँपालिकाभित्र न्यून गुणस्तर भएका मदिराले स्वास्थ्यमा गम्भीर असर गर्ने र समाजमा भाँडभैलो मच्चाएको भन्दै बिक्रीवितरणमा रोक लगाएको थियो ।



    तर करिब पाँच वर्षपछि गुणस्तरहीन मदिरा खोल्ने/नखोल्नेबारे समिक्षासहितको सर्वदलीय बैठक बस्न लागेको हो ।



    गाउँपालिकाले आइतबार विभिन्न राजनीतिक दल, समाजसेवी, विभिन्न वडाका जनप्रतिनिधिलाई सर्वदलीय बैठकमा बोलाएको छ । केहीवर्ष अघिसम्म गाउँपालिकाभित्र न्यून गुणस्तर भएका मदिरा बिक्रिवितरणमा कडाइ गरिएको थियो ।

    तर अहिले गाउँपालिकाका विभिन्न वडामा खुलेआम न्यून गुणस्तर भएका मदिरा बिक्रिवितरण भइरहेका छन् । त्यसको नित्रयन्त्रणमा कसैले पनि चासो देखाएका थिएनन् ।

    सो कारणले प्रहरी प्रशासनदेखि जनप्रतिनिधिको व्यापक आलोचना भइरहेको थियो । सोही अनुरुप पालिकाले पनि सर्वदलीय बैठक बोलाएको बताइएको छ ।

    पछिल्लो समय खुलेआम गुणस्तरहीन मदिरा बिक्रिवितरणले समाजमा अशान्ति मच्चिरहेको छ । विभिन्न टोल टोलमा होहल्लादेखि कुटपिटका घटनासमेत बढेका छन् ।

    यही समयमा मदिरा खोल्ने/नखोल्नेबारे बहस हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । केही मदिरा व्यवसायीको दबाबमा गुणस्तरहीन मदिरा खोल्ने तयारी भइरहेको आरोप लागेको छ ।

    तर सर्वसाधारण जनताको माग भने बिक्रिबितरणमा थप कडाइ हुनुपर्ने रहेको छ । स्मरण रहोस् केही दिन अगाडी मात्रै मदिरा सेवनबाट वडा नम्बर १ मा भीरबाट लडेर एक जनाको मृत्यु भएको आशंका गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार