Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • इराकमा तैनाथ शान्ति सैनिकहरूको अदलीबदली

    इराकमा तैनाथ शान्ति सैनिकहरूको अदलीबदली

    अनलाइन नेपाल
  • शनिबार, २२ भाद्र २०८१
  • 309
    SHARES

    फाइल तस्विर

    काठमाडौं । इराकमा तैनाथ शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।

    इराकस्थित संयुक्त राष्ट्रसंघीय गार्ड युनिट तेह्रौँ डफ्फा सहभागी हुन सहसेनानी मोहन सलामी मगरको नेतृत्वमा १९ सदस्यीय नेपाली शान्ति सैनिकहरूको टोली मिसन इलाकातर्फ प्रस्थान गरेको हो।



    सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी बाह्रौँ डफ्फामा कार्यरत १९ सदस्यीय नेपाली शान्ति सैनिकहरूको टोली सेनानी टिकासिंह विष्टको नेतृत्वमा आजै स्वदेश फिर्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।



    हाल उक्त मिसनमा ८८ जना नेपाली शान्ति सैनिकहरू तैनाथ छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार