Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • जमुनाघाटस्थित राप्ती नदीमा माछा मार्न गएका दुई जना बेपत्ता

    जमुनाघाटस्थित राप्ती नदीमा माछा मार्न गएका दुई जना बेपत्ता

    अनलाइन नेपाल
  • शनिबार, २२ भाद्र २०८१
  • 168
    SHARES

    फाइल तस्विर

    चितवन । चितवनको भरतपुर महानगरपालिका-२७ धरमपुर जमुनाघाटस्थितराप्ती नदीमा माछा मार्न गएका दुई युवा बेपत्ता भएका छन् ।

    बेपत्ता हुनेमा भरतपुर-२५ का ४३ वर्षीय सञ्जीव चौधरी र भरतपुर-२७ का ४५ वर्षीय सुकबहादुर परियार रहेका छन् ।



    उनीहरुसँग नदीमा माछा मार्न गएका सोही ठाँउका रोहितकुमार चौधरी भने पौडेर बाँच्न सफल भएका छन् ।



    शुक्रवार दिउँसो २ बजेदेखि बेपत्ता भएका युवाहरुको खोजी गरिए पनि हालसम्म भेटिएका छैनन् ।

    शनिबार बिहान ६ बजेदेखि नै निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणका सेनाको १५ जनाको टोली डुंगामा बसेर खोजी थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार