Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • अत्तरियाबाट धनगढी आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    अत्तरियाबाट धनगढी आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २२ भाद्र २०८१
  • 795
    SHARES

    फाइल फोटो

    धनगढी । कैलालीको अत्तरियाबाट धनगढी तर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाँई बस्ने संजय चौधरी रहेका छन् ।



    जिल्लाको गोदावरी नगरपालिका–१ मा रहेको अत्तरियाको विद्युत कार्यालय नजिक अत्तरिया–धनगढी सडक खण्डमा अत्तरियाबाट धनगढी तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००८ प ९९९८ नम्बरको मोटरसाइकल गएराति ९ः३० बजेको समयमा आफै अनियन्त्रित भई पल्टिँदा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    मोटरसाइकल पल्टिँँदा चालक गम्भिर घाइते भएका थिए । उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएकोमा रातिनै १०ः२५ बजे चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको कैलाली प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार