Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • दुई दर्जनभन्दा बढी रूसी ड्रोन खसालेको युक्रेनको दाबी

    दुई दर्जनभन्दा बढी रूसी ड्रोन खसालेको युक्रेनको दाबी

    अनलाइन नेपाल
  • शुक्रबार, २१ भाद्र २०८१
  • 222
    SHARES

    एजेन्सी । युक्रेनले रूसले रातिको समयमा प्रक्षेपण गरेका शाहेद–१३१ र शाहेद–१३६ गरी कूल ४४ ड्रोनमध्ये २७ वटालाई खसालेको युक्रेनी वायुसेनाले शुक्रबार जनाएको छ ।

    आठ ड्रोनहरू राडारबाट गायब भएका छन् भने शुक्रबार बिहानसम्म कैयौं ड्रोन युक्रेनी हवाई क्षेत्रमा रहेको वायुसेनाले जनाएको छ ।



    ड्रोन बाहेक, रूसले युक्रेनमा केएच–५९ गाईडेड मिसाइल र केएच–३१ पी एन्टि–रेडिएशन मिसाइलहरू प्रहार गरेको थियो ।



    मध्य निप्रोपेट्रोभ्स्क क्षेत्रको पाभलोग्राद सहरमा भएको आक्रमणमा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३० जना घाइते भएको क्षेत्रीय गभर्नर सर्गी लिसाकले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार