Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • किशोरीहरुलाई वेश्यावृत्तिमा लगाउने रेस्टुरेन्ट सञ्चालक पक्राउ

    किशोरीहरुलाई वेश्यावृत्तिमा लगाउने रेस्टुरेन्ट सञ्चालक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २१ भाद्र २०८१
  • 417
    SHARES

    काठमाडौं । किशोरीहरुलाई वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले रेस्टुरेन्टका सञ्चालकहरुलाई पक्राउ गरेको छ ।

    मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले ललितपुरको सातदोबाटोस्थित न्यू नमस्ते रेस्टुरेन्टका सञ्चालकहरुलाई पक्राउ गरेको हो।



    पक्राउ पर्नेमा ३३ वर्षीय राजीव लामा र २५ वर्षीय शर्मिला कटुवाल रहेका छन्। उनीहरुले रेस्टुरेन्टका ग्राहकसँग पैसा लिएर किशोरीहरुलाई वेश्यावृत्तिमा लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।



    ब्यूरोका अनुसार उनीहरुले ग्राहकसँग एक हजारदेखि ५ हजार रुपैयाँसम्म लिएर किशोरीहरुलाई ५०० रुपैयाँ दिने गरेका थिए ।

    ब्यूरोले रेस्टुरेन्टबाट प्रयोग भइसकेका र प्रयोग नभएका कन्डमहरु पनि बरामद भएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार