Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • नाकामा सेना परिचालन गर्न उपत्यका मेयर फोरमको सिफारिस

    नाकामा सेना परिचालन गर्न उपत्यका मेयर फोरमको सिफारिस

    अनलाइन नेपाल
  • मंगलबार, २३ भाद्र २०७७
  • 3.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । उपत्यका मेयर फोरमले सीमा नाकामा कडाई गर्न सेना परिचालनका लागि सिफारिस गरेको छ । मंगलबार बसेको मेयर फोरमको बैठकले उपत्यकामा जारी निषेधाज्ञा खुकुलो पार्न र सीमा नाकामा सेना परिचालन गरेर कडाई गर्न सिफारिस गरेको हो ।

    उपत्यकाका दुई महानगरसहित १८ वटा पालिकाको साझा संस्था उपत्यका नगरपालिका फोरमले उपत्यका छिर्ने सबै नाकामा सेना खटाई प्रवेशमा कडाई गर्न माग गरेको हो ।



    फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उपत्यका भित्रको जन–जीवन खुकुलो बनाउँदै नकामा भने सेना खटाएर भए पनि अत्यन्त कडाई गर्न संघीय सरकार र तीन जिल्ला प्रशासनसँग माग गर्ने निर्णय गरेको जानकारी दिए ।



    नेपाल प्रहरी र शसस्त्रले अन्य सुरक्षाका लागि पनि तैनाथ हुनुपर्ने भएकाले उपत्यका प्रवेश नाकामा सेना खटाएर आर्थिक गतिविधि चलायमान बनाउँदै जनजीवन सहज पार्नुपर्ने उनको भनाइ छ ।

    बैठकमा उपत्यकाका १८ वटै नगरपालिकाले उपत्यकाका पछिल्लो निषेधाज्ञा अवधिमा करिब ३८ हजारको कन्ट्याक्ट ट्रेसिङ गरेको जानकारी दिइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार