Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • गैँडाको आक्रमणबाट बर्दियामा एक जना गाइडको मृत्यु

    गैँडाको आक्रमणबाट बर्दियामा एक जना गाइडको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २१ भाद्र २०८१
  • 150
    SHARES

    बर्दिया । बर्दियामा गैंडाको आक्रमणबाट एक जना गाइडको मृत्यु भएको छ ।

    बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाका मधुवन नगरपालिका – ६ स्थित डल्ला सामुदायिक वनमा गैँडाको आक्रमणबाट शुक्रबार एक जनाको मृत्यु भएको हो ।



    मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका-९ बस्ने ३५ वर्षीय गाइड मनमोहन चौधरी रहेका छन् । एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन् ।



    घाइतेमध्ये विदेशी नागरिकको अवस्था भुरीगाउँ नगर अस्पतालमा उपचार भइरहेको छ भने अर्का घाइतेको अवस्था सामान्य रहेको छ ।

    अमेरिकी नागरिक मिक लेन्डन शवन बिहीबार राति ठाकुरबाबा नगरपालिका-९ शिवपुरस्थित बर्दिया होमस्टेमा आएर बसेका थिए।

    शुक्रबार बिहान अन्दाजी ८ बजे शवनलाई लिएर ३५ वर्षीय गाइड मनमोहन चौधरी र ५८ वर्षीय वनका चौकीदार खिन्चु थारू जंगल वाकका लागि गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार