Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • कैलाली प्रहरीको कार्यालयमा प्रवेश गर्दा किन मोबाइल लिन पाइँदैन ?

    कैलाली प्रहरीको कार्यालयमा प्रवेश गर्दा किन मोबाइल लिन पाइँदैन ?

    अनलाइन नेपाल
  • बिहिबार, २० भाद्र २०८१
  • 1.2K
    SHARES

    कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीको कार्यालयमा प्रवेश गर्दा मोबाइल लिन बन्देज लगाइएको छ । सेवाग्राही कैलाली प्रहरी कार्यालयको प्रवेशद्धारमा प्रवेश गर्दा नै फोन थुतेर राख्ने गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय कैलालीको प्रमुखमा प्रहरी उपरीक्षक पदमबहादुर विष्ट हाजिर भएपछि सेवाग्राहीको मोबाइल गेटमै राख्नु पर्ने नयाँ नियम लागु गरेका थिए । यसअघि कार्यालय भित्रै मोबाइल लिन कुनै बन्देज थिए ।



    यो नयाँ नियमको अहिले सर्वत्र विरोध भइरहेको छ । केही हप्ता अगाडी नेपाल पत्रकार महासङ्घ, कैलालीका अध्यक्ष हिमालय जोशीले जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक पदमबहादुर विष्टलाई भेटेर उक्त गुनासो राखेको बताए ।



    तर, जिल्ला प्रहरी कार्यालय, कैलालीको प्रवेशद्वारमा मोबाइल दिएर कार्यालय प्रवेश गर्नुपर्ने बाध्यताको अन्त्य भएको छैन् ।

    यता जिल्ला प्रहरी कार्यालय, कैलालीले भने महिला, बालबालीका तथा जेष्ठ नागरिक शाखाबाट तस्विर तथा भिडिओहरू बाहिरिएकाले कार्यालयमा सेवाग्राहीलाई फोनमा प्रतिबन्ध गरिएको बताउँदै आएको छ ।

    यसअघि नेपाल प्रहरीको हेटक्वाटरले मात्रै प्रवेशद्वारमा फोन थुतेर राख्ने गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार