Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • सबइन्जिनियर रोकायासहित दुईजना भ्रष्टाचार मुद्दामा दोषी ठहर

    सबइन्जिनियर रोकायासहित दुईजना भ्रष्टाचार मुद्दामा दोषी ठहर

    अनलाइन नेपाल
  • बिहिबार, २० भाद्र २०८१
  • 525
    SHARES

    काठमाडौं । पोखरा महानगरपालिकाकी सबइन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवर भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

    बिहीबार विशेष अदालतले रोकाया र कुँवरलाई दोषी ठहर गरेको हो । अदालतका अनुसार रोकायालाई ८ महिना कैद र १ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला भएको छ ।



    यस्तै सोही मुद्दामा प्रतिवादी रहेका कुँवरलाई ४ महिना कैद र ८७ हजार ५ सय रुपैयाँ जरिवाना गरिएको बताइएको छ ।



    साथै ऋषिप्रसाद बरालले बैंकमा दाखिला गरेको २ लाख रुपैयाँ जफत गरेर उजुरी कर्तालाई भराइदिन पनि अदालतले भनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार