Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • भारतीयलाई नेपाली बनाई जग्गा बिक्री गर्ने पूर्ववडाअध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

    भारतीयलाई नेपाली बनाई जग्गा बिक्री गर्ने पूर्ववडाअध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

    अनलाइन नेपाल
  • बिहिबार, २० भाद्र २०८१
  • 369
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी सूस्ता पूर्वको पाल्हीनन्दन गाउँपालिका एक पूर्वअध्यक्षसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    अख्तियारले भारतीय नागरिक अनुप मेहरालाई नेपाली नागरिक बनाई जग्गा खरिद बिक्री गर्न सिफारिस गरेको भन्दै उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।



    अख्तियारले भारतीय नागरिकलाई नेपाली नागरिक बनाई जग्गा बिक्री गर्न सिफारिस गर्ने पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ५ का पूर्वअध्यक्ष ओमप्रकाश ओलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।



    यस्तै अख्तियारले पूर्ववडाअध्यक्ष नरेशप्रसाद बढईविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

    भारतीय नागरिक अनुप मेहरालाई नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री बितरण गरी भ्रष्टाचार गरेको भन्दै पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ५ का मजिद जोलाहा, पुर्नमासी अहिर, प्रेम सागर चौधरी, बृज भुषण नाथ योगी, नारद कुर्मी, कपिल देव कुर्मी, राधेश्याम बनिया, पशुपति बनियाविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

    यस्तै सोमै कहार, भगौती चमार, पुर्नमासी अहिर, प्रेम सागर चौधरी, मजिद जोलाहाविरुद्ध पनि मुद्दा दायर भएको छ ।

    यस्तै अख्तियारले सेतवाध यादव, रमेश सहानी, संघर्ष कुमार खत्री, भगौती चमार र हरि शंकरविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार