Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • पारा ओलम्पिकमा पदक जितेकी पलेशालाई काठमाडौं महानगरले दियो ५ लाख

    पारा ओलम्पिकमा पदक जितेकी पलेशालाई काठमाडौं महानगरले दियो ५ लाख

    अनलाइन नेपाल
  • बुधबार, १९ भाद्र २०८१
  • 390
    SHARES

    काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा जारी पारालिम्पिक २०२४ मा कांस्य पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई काठमाडौं महानगरपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको छ ।

    मेयर बालेन्द्र साह बालेन र उपमेयर सुनिता डङ्गोलले तेक्वान्दो खेलाडी पलेशालाई नगद पाँच लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरेका हुन्।



    त्यस्तै पलेशाका प्रशिक्षक कविराज नेगीलाई पनि महानगरले नगदसहित सम्मान गरेको छ । उनलाई महानगरले ३ लाख नगदसहित सम्मान गरेको हो।



    पारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा बुधवार नेपाल​ आइपुगेकी हुन् । ऐतिहासिक पदक लिएर स्वदेश फर्किएकी उनलाई बुधवार काठमाडौंमा ‘नगर परिक्रमा’ गराइएको थियो।

    पारालिम्पिक्समा के ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिमा प्रतिस्पर्धा गरेकी पलेशाले कास्य जितेकी थिइन् । यो नै नेपाली खेलाडीले ओलम्पिकमा जितेको पहिलो पदक हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार