Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • एमसीसी नेपालको अधीनमा छैन, अनुगमन गर्न छुट्टै कानुन बनाउनुपर्छ : विप्लव

    एमसीसी नेपालको अधीनमा छैन, अनुगमन गर्न छुट्टै कानुन बनाउनुपर्छ : विप्लव

    अनलाइन नेपाल
  • मंगलबार, १८ भाद्र २०८१
  • 324
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमसीसीलाई सम्पूर्ण रूपमा अनुगमन गर्न कानुन नै बनाउनु पर्ने बताएका छन् ।

    पार्टीको अन्तर्राष्ट्रिय विभागले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै समाजवादी मोर्चा नेपालका संयोजक समेत रहेका विप्लवले यस्तो बताएका हुन् । उनले संसदबाट कानुन बनाउन पर्ने पार्टीको दृष्टिकोण भएको स्पष्ट पारे ।



    ‘बुद्धिजीवीहरूसँग छलफल गरेर हामीले एमसीसीलाई सम्पूर्ण रूपमा अनुगमन, नियन्त्रण र परिचालनका लागि कानुन बनाउनुपर्ने पार्टीको दृष्टिकोण अघि सारेका छौँ’, विप्लवले भने, ‘यसलाई खुला छाड्न मिल्दैन । दुई दुई पटक ठेक्का रद्द भएर अदालतमा मुद्दा पर्दा एमसीएले एमसीसी नेपालको कानुन अन्तर्गत छैन भनेर जवाफ दिएको छ । अदालतले पनि दोधारे खालका अर्थ लगाएको छ । यसले एमसीसी नेपालको कानुन, संविधान, संसद् र जनताको अधीनमा छैन भन्ने देखायो ।’



    नेता विप्लवले एमसीसी र एमसीए दुवै प्रोजेक्ट नवऔपनिवेशिक नीतिलाई नेपालमा कानुनी मान्यतासहित यहाँका राज्यलाई प्रयोग गरेर ल्याउन चाहेको हो भन्ने कुरा प्रस्ट भएको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार