Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • प्रधानमन्त्री ओलीले भने – प्रचण्ड देशमा भाँडभैलो मच्चाउने खेलमा छन्

    प्रधानमन्त्री ओलीले भने – प्रचण्ड देशमा भाँडभैलो मच्चाउने खेलमा छन्

    अनलाइन नेपाल
  • मंगलबार, १८ भाद्र २०८१
  • 429
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय देशमा भाँडभैलो मच्चाउने खेलमा लागेको आरोप लगाएका छन् ।

    एमालेको केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको पोलिटब्यूरो बैठक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले प्रचण्डको भूमिका सही नभएको टिप्पणी गरे ।



    प्रधानमन्त्री ओलीले भने, ‘सत्ताबाट हटेपछि प्रचण्डको काम असन्तुष्ट मान्छे उचाल्ने, परिस्थित भड्काउने देखिएको छ।’



    प्रधानमन्त्री ओलीले ११ भदौमा प्रतिनिधिसभा बैठकमा प्रचण्डले गरेको सम्बोधन अराजकता निम्त्याउने खालको रहेको बताए ।

    प्रधानमन्त्री ओलीले गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा भएको नाराबाजीबारे जानकारी गराउँदै समाजमा बढेको अराजकताको ब्रिफिङ गरेका थिए ।

    उनले प्रचण्ड देशमा भाँडभैलो मच्चाउने खेलमा लागेको भन्दै सफल हुन नदिने बताए ।

    उनले सरकारको अहिलेसम्मको कामको बारेमा ब्रिफिङ गर्दै कांग्रेससँग भएको सात बुँदे सहमतिअनुसार नै निर्धारित समयमै सरकारको नेतृत्व शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार