Online Nepal
  • सोमबार, २८ असोज २०८१
  • लागूऔषध सेवनकर्ता पक्राउ गर्न पुगेको प्रहरी टोलीले फेला पार्‍यो पेस्तोल

    लागूऔषध सेवनकर्ता पक्राउ गर्न पुगेको प्रहरी टोलीले फेला पार्‍यो पेस्तोल

    अनलाइन नेपाल
  • सोमबार, १७ भाद्र २०८१
  • 1.4K
    SHARES

    कैलाली । कैलालीमा बेवारिसे अवस्थामा एक नाले पेस्तोल फेला परेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका-७ मनेहरास्थित जुगेडा जाने बाटोको छेउमा पेस्तोल फेला परेको हो ।

    विशेष सूचनाको आधारमा प्रहरी नायव निरीक्षक गजेन्द्र बहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोली बेवारिसे अवस्थामा पेस्तोल फेला पारेको कैलाली प्रहरीले जनाएको छ ।



    लागूऔषध सेवन गरिरहेका केही व्यक्तिहरूको बारेमा सूचना प्राप्त भएपछि अनुसन्धानका लागि प्रहरी टोली खटाइएको थियो । तर, प्रहरी पुग्दा ती व्यक्तिहरू भाग्न सफल भए ।



    उक्त स्थानको खोजतलास गर्ने क्रममा घाँसमा बिना म्याग्जिनको एक नाले पेस्तोल वेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

    बरामद गरिएको पेस्तोललाई थप अनुसन्धानको लागि प्रहरी कार्यालयमा राखिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार