Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • हडताल अन्त्य गर्न इजरायली अदालतको आदेश

    हडताल अन्त्य गर्न इजरायली अदालतको आदेश

    अनलाइन नेपाल
  • सोमबार, १७ भाद्र २०८१
  • 369
    SHARES

    एजेन्सी । इजरायलको एक श्रम अदालतले गाजामा बन्धक बनाइएका बन्धकहरुको रिहाईका लागि भएको सम्झौताको समर्थनमा देशको सबैभन्दा ठूलो युनियनले आह्वान गरेको हडताल रोक्न आदेश दिएको छ ।

    युद्धविरामको विरोध गर्ने अति दक्षिणपन्थी नेता तथा अर्थमन्त्री बेजालेल स्मोटरिचले अदालतलाई हडतालमा प्रतिबन्ध लगाउन आग्रह गरेपछि अदालतले यस्तो आदेश दिएको हो ।



    हडतालको ‘राजनीतिप्रेरित’ प्रकृतिलाई उद्धृत गर्दै तेल अभिभ श्रम अदालतले जारी गरेको र एएफपीले प्राप्त गरेको फैसलामा भनिएको छ, “हामी हडताललाई निषेध गर्न राष्ट्रव्यापी आदेश जारी गर्दैछौं ।”



    अदालतले हिस्टाद्रूत युनियनका अध्यक्षलाई सङ्केत गर्दै हडताल आर्थिक कारणले नगरिएको पुष्टि गर्न भनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार