Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • कालोबजारी अनुगमन गर्ने कि नगर्ने सरकार ?

    कालोबजारी अनुगमन गर्ने कि नगर्ने सरकार ?

    अनलाइन नेपाल
  • बिहिबार, २९ फाल्गुन २०७६
  • 2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । चीनबाट फैलिएकाे कोरोना भाइरसले विश्वभर महामारीको रुप लिएको भन्दै सांसदहरुले कोरोना नियन्त्रण गर्न सरकार तयार छ किन छैन भन्दै प्रश्न गरेका छन्। बिहीबारको प्रतिनिधिसभा बैठको शू्न्य समयमा बोल्दै सांसदहरुले यस्ताे प्रश्न गरेका हुन्।

    नेपाली कांग्रेस सचेतक सांसद पुष्पा भुसाल गौतमले कोरोना भाइरस विश्वभर फैलिरहेको अवस्थामा कोरोना नियन्त्रण गर्न सरकार तयार छ किन छैन भन्दै सरकारको ध्यानाकर्षण गराउँदै प्रश्न गरेकी हुन्।



    उनले नेपालमा कोरोना संक्रमण नदेखिए पनि नेपाली जनता भने त्रसित भएको बताइन्। यस्तो अवस्थामा सरकारका मन्त्रीहरुले जनतालाई झनै त्रसित पार्ने काम गरेको भन्दै आपत्ति जनाइन्।



    ‘नेपालका स्वास्थ्यमन्त्रीले सरकार अहिले तयारीमा छैन। आफूले आफ्नो स्वास्थ्यमा ख्याल गर्नुपर्छ।आफै क्वारेन्टाइनमा बस्नुपर्छ भन्ने जस्ता अभिव्यक्ति दिएका छन्।यसले जनतालाई अझैं त्रसित गरेको छ,उनले भनिन्,’ सरकारले यस्तो अभिव्यक्ति किन दियो। यसको सही जवाफ चाहियो।’

    उनले कोरोना भाइरसको नाममा बजारमा खाद्यान्न अभाव भएको दावी गरिन्। ‘वस्तुको मूल्य आकासिएको छ।जनता महंगो मूल्यमा खाद्यान्न किन्न विवश छन्।व्यापारीले खाद्या सामाग्री लुकाइसकेका छन्।ग्यास अभाव छ,’उनले भनिन्,’ यसको अनुगमन गर्ने कि नगर्ने सरकार ?’

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार