Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • कांग्रेस र कम्युनिस्टका कारण देशमा बेरोजगारी बढ्यो : उपेन्द्र यादव

    कांग्रेस र कम्युनिस्टका कारण देशमा बेरोजगारी बढ्यो : उपेन्द्र यादव

    अनलाइन नेपाल
  • सोमबार, १७ भाद्र २०८१
  • 147
    SHARES

    वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा बेरोजगारी बढ्नुमा कांग्रेस र कम्युनिस्ट पार्टीहरू जिम्मेवार रहेको बताएका छन् ।

    वीरगन्जमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो आरोप लगाएका हुन्। उनले देशमा बेरोजगारी बढ्नुमा कांग्रेस र कम्युनिस्ट पार्टीहरूको हात रहेको आरोप लगाए।



    गरिबी र बेरोजगारीको दर बढ्नुको जिम्मेवारी कांग्रेस र कम्युनिस्टले लिनुपर्ने अध्यक्ष यादवको भनाई छ ।



    उनले पढेलेखेका युवालाई देशमा कुनै रोजगारीको लागि स्थान नहुने अवस्था सरकारको नेतृत्वमा बस्ने दलहरूकै कारण भएको बताए ।

    उनले युवाहरू मलेसिया, कतार, अरब जस्ता मुलुकमा रोजगारीको लागि गइरहेको तर देशमा अझै रोजगारी वृद्धिमा चासो नदिइएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार