Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • सचिव सरुवाको तयारी : गृहसचिवका लागि टक्कर

    सचिव सरुवाको तयारी : गृहसचिवका लागि टक्कर

    अनलाइन नेपाल
  • सोमबार, १७ भाद्र २०८१
  • 1.5K
    SHARES

    काठमाडौं । सरकारले केही सचिवहरुको जिम्मेवारी हेरफेर गर्न लागेको छ । गृह मन्त्रालयका सचिव एकनारायण अर्याल मुख्यसचिवमा नियुक्त भएसँगै गृहमा सचिव पद रिक्त छ ।

    गृह सचिव बन्न आधा दर्जन सचिवहरु शक्तिकेन्द्र धाइरहेका छन् ।



    सचिवहरु कृष्णहरी पुष्कर, विनोद प्रकाश सिंह, हरि कुमार मैनाली, नारायण शर्मा दुवाडी, अर्जुन पोखरेल लगायत गृहसचिवका आकांक्षी छन् ।



    उनीहरुमध्ये पुष्कर र सिंहको सम्भावना प्रबल रहेको बताइन्छ । दुवै जना कांग्रेस नेतृ तथा परराष्ट्रमन्त्री आरजु देउवाका विश्वासपात्र हुन् ।

    गृहसचिवमा हालका गृहमन्त्री रमेश लेखकभन्दा आरजु नै हाबी हुने सम्भावना छ ।

    यसअघि आरजुले नै विनोद सिंहलाई गृहसचिव बनाएकी थिइन् । गृहका आफ्ना सबै कामहरु सचिवमार्फत नै गराउन आरजुको टिमले आफु अनुकुल सचिव लैजान लागेको हो ।

    तर, प्रधानमन्त्री केपी शर्मा ओलीले आफु अनुकुल सचिव गृहमा पठाउन खोजेका छन् । त्यो अवस्थामा कृष्णहरी पुष्करले बाजी मार्न सक्ने सम्भावना समेत रहेको बताइन्छ ।

    हरि मैनाली पनि गृहको क्याडर भएको र कांग्रेस नेताहरुसँग राम्रो सम्बन्ध भएकाले उनीपछि दौडधुपमा लागेका छन् ।

    प्रदेशमा कार्यरत केही प्रमुख सचिवको पनि जिम्मेवारी हेरफेर हुने सम्भावना छ ।

    राष्ट्रिय योजना आयोगका सचिव डा.तोयनारायण ज्ञवालीले मुख्यसचिव नियुक्तिमा असन्तुष्टि जनाउँदै राजीनामा दिएपछि सचिव पद रिक्त छ ।

    अब बस्ने मन्त्रिपरिषद्को बैठकले सचिवको सरुवाको निर्णेय गर्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार