Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • माधव नेपाल रुस प्रस्थान, पाण्डेलाई कार्यवाहकको जिम्मेवारी

    माधव नेपाल रुस प्रस्थान, पाण्डेलाई कार्यवाहकको जिम्मेवारी

    अनलाइन नेपाल
  • सोमबार, १७ भाद्र २०८१
  • 717
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल रुस प्रस्थान गरेका छन् ।

    ‘मल्टी पोलारिटी फोरम’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी गएराति ११ बजे रुसको भ्लादिभोस्तक प्रस्थान गरेका हुन् । सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुने छ ।



    ‘साउथ एसियन इकोनोमिक फोरम’को समूहगत छलफलमा अध्यक्ष नेपाल सहभागी हुने कार्यक्रम रहेको छ । उनको अनुपस्थितिमा पार्टीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ ।



    पार्टीको नेता तथा कार्यकर्ता उनलाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । अध्यक्ष नेपाल आगामी आइतबार स्वदेश फर्किने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार