जुम्ला । पहिरोले चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ ।
अविरल वर्षाका कारण यही भदौ १२ गतेदेखि अवरुद्ध कर्णाली राजमार्ग हिजो साँझदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो ।
सडक डिभिजन कार्यालय जुम्लाका अनुसार सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोटको गगनेखोला र दहिखोलामा आएको पहिरो हटाएपछि सडक खुलेको छ ।
सडक खुलेपछि रोकिएका मालवाहक ट्रक गुड्न थालेका छन् ।
Leave a Reply