Online Nepal
  • बुधबार, २ असोज २०८१
  • ३५ वर्षपछि परिवार भेटेका प्रकाशले पाए नागरिकता

    ३५ वर्षपछि परिवार भेटेका प्रकाशले पाए नागरिकता

    अनलाइन नेपाल
  • आइतबार, १६ भाद्र २०८१
  • 465
    SHARES

    काठमाडौं । ‘हेर्ने कथा’को ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि परिवार भेटेका प्रकाश तामाङले नागरिकता पाएका छन् ।

    ३५ वर्षअघि परिवारको सम्पर्कबाट टाढिएर बेपत्ता बनेका प्रकाशले आज घरमै नागरिकता पाएका हुन् ।



    जिल्ला प्रशासन कार्यालय भोजपुरले उनलाई घरमै गएर नागरिकता प्रदान गरेको थियो । षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदासले उनलाई नागरिकता हस्तान्तरण गरे।



    वडा अध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यालय प्रमुख विनोद अधिकारी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईंको रोहबरमा उनलाई नागरिकता दिइएको हो।

    ३५ वर्षअघि परिवारका सदस्यसँग काठमाडौं आएका प्रकाश एकाएक हराएका थिए।

    विद्या चापागाईं र कमलकुमारले निर्देशन, निर्माण गर्दै आएको हेर्ने कथा (युट्युव श्रृंखला) ले प्रकाशलाई उत्तरी गोरखाको चुम उपत्यकामा फेला पारेका थियो। प्रकाश त्यहाँ चौरी गोठालाको रूपमा थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार