Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • काठमाडौँबाट काँकडभिट्टा जाँदै गरेको बस झापामा पल्टियो

    काठमाडौँबाट काँकडभिट्टा जाँदै गरेको बस झापामा पल्टियो

    अनलाइन नेपाल
  • आइतबार, १६ भाद्र २०८१
  • 1.3K
    SHARES

    काठमाडौं । काठमाडौँबाट झापाको काँकडभिट्टा तर्फ जाँदै गरेको रात्री बस झापाको सुरुंगामा दुर्घटना भएको छ ।

    आइतबार बिहान करिब ६ बजे झापाको कन्काइ नगरपालिका-३ स्थित पूर्वपश्चिम राजमार्गमा प्रदेश १–००६ ख ५७७१ नम्बरको विराट यातायातको बस दुर्घटनामा परेको हो ।



    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा केही यात्रु घाइते भएका छन् । बसमा ८ जना सवार थिए।



    पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१– ००१ क ८८९ नम्बरको कन्काइ बहुमुखी क्याम्पसको बसलाई पछाडिबाट ठक्कर दिएपछि बस सडकबाट तल नालामा खसेको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार