Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • एन्फा महिला लिग आजबाट, उद्घाटन खेलमा कोशी र वालिङ नगरपालिका भिड्ने

    एन्फा महिला लिग आजबाट, उद्घाटन खेलमा कोशी र वालिङ नगरपालिका भिड्ने

    अनलाइन नेपाल
  • आइतबार, १६ भाद्र २०८१
  • 432
    SHARES

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजदेखि एन्फा महिला लिग सुरु हुँदैछ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने प्रतियोगितामा १० टिम सहभागी छन् ।



    लिगमा त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, वाग्मती युथ क्लब, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिकाको सहभागिता रहनेछ ।



    यस्तै, कोसी, सुदूरपश्चिम र कर्णाली प्रदेशको सहभागिता छ । लिगको उद्घाटन खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा कोसी प्रदेश र वालिङ नगरपालिकाबीच हुनेछ ।

    लिग विजेतालाई १० लाख र उपविजेतालाई पाँच लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार